ट्रेन्डिङ

Logout

मधेश प्रदेशमा सुक्खा र खानेपानी संकटको घोषणा

5.6k Shares

मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, मनसुनको समयमा पनि वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको र रोपिएका खेतहरूमा धाँजा फाट्न थालेका कारण यो कदम चालिएको हो। बैठकले किसानहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग अनुरोध गरेको छ। साथै, कृषि क्षेत्रमा सहयोग गर्न दातृ निकायहरूलाई पनि आह्वान गरिएको छ।

यसैगरी, मन्त्रिपरिषद्ले पर्साको वीरगञ्जलगायत मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधान गर्न ट्यांकरसहितका साधनहरू परिचालन गर्ने निर्णय गरेको छ। खानेपानी संकट समाधानका लागि संघीय खानेपानी मन्त्रालयसँग पनि सहयोग मागिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार