सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायका पदाधिकारीको नियुक्ति विवादमा आज बुधबार आफ्नो फैसला सुनाउँदैछ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त ५२ पदाधिकारीको नियुक्तिको वैधानिकता र प्रक्रियामाथि उठेको प्रश्नलाई लिएर यो मुद्दा साढे ४ वर्षदेखि चर्चामा छ।
सर्वोच्चको संवैधानिक इजलासले, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी सम्मिलित, १ जेठमा सुनुवाइ सम्पन्न गरी आजका लागि फैसला मिति तोकेको थियो। यसअघि २८ जेठमा फैसला सुनाउने तय भए पनि छलफलका लागि समय अभाव भएको भन्दै मिति सरेको थियो। मंगलबारदेखि प्रधानन्यायाधीशसहित वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. नहकुल सुवेदी छलफलमा जुटेका थिए।
यो विवादको संवैधानिक प्रश्न र वर्तमान अवस्थालाई हेर्दा सर्वोच्चको फैसला मुख्यतः तीन सम्भावित विकल्पमा केन्द्रित हुने अनुमान छ।