ट्रेन्डिङ

Logout

ताप्लेजुङको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

4.8k Shares

ताप्लेजुङको सिदिङबा गाउँपालिका, आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी छन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ।

आङखोपका वडाध्यक्ष रत्नबहादुर खत्रीका अनुसार कुलोको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिएको हो। गएराति करिब १ बजे भएको उक्त घटनामा पहिरोले घर एक्कासी पुरिएपछि छेउको मतानमा सुतेका छोराबुहारीले हस्तबहादुर र ठगमायाको तत्काल उद्धार गरेका थिए। पहिरोका कारण हस्तबहादुर, उनका छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएका छन्।

गम्भीर घाइते ठगमायालाई थप उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पठाइएको वडाध्यक्ष खत्रीले बताए। राति वर्षा नभए पनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएर पानी खेतबारीमा खस्दा पहिरो गएको स्थानीयले बताएका छन्।

घटनास्थलमा साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन सुरु गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार