Logout

नुवाकोटको बिमचना खोलामा बाढी, एक महिला बेपत्ता

नुवाकोटको बिमचना खोलामा बाढी, एक महिला बेपत्ता

नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता भएका छन् ।

बेपत्ता हुनुहुनेमा अविरल वर्षापनि खोलामा पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता बलामीको  खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको जानकारी उहाँले दिनुभयो ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारका लागि खटिएको छ । सो खोलाले पशुचौपाय लगायत अन्य सामान बगाएको छ ।

यसैगरी, डोल्पा जिल्लाके काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाका कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षति भएको छ ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको  छ । पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ । 

 
ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ