ट्रेन्डिङ

Logout

नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द, पहिरोको जोखिमका कारण समय थप

5.6k Shares

नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहीबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ। यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सडक बन्द गर्ने जानकारी दिएको थियो। तर, निर्धारित समयमै पहिरो क्षेत्रको ढुंगा हटाउने काम नसकिएकाले बन्द अवधि थपिएको हो।

डिभिजन कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुल नजिकै पहिरोको उच्च जोखिम देखिएको छ। सो स्थानमा जबसुकै माथिबाट ढुंगा खस्न सक्ने भएकाले दुर्घटनाको सम्भावना रहेको जनाइएको छ।

संभावित जोखिम न्युनिकरणका लागि लङ बुम एक्साभेटर प्रयोग गरी पहाडबाट ढुंगा झार्ने काम भइरहेको छ। यसै क्रममा सवारी आवागमन रोकिएको हो।

सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै दिउँसो ३ बजेसम्म सवारी साधन नचाल्न र लेन अनुशासन पालना गरी निर्धारित स्थानमा रोक्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार