ट्रेन्डिङ

Logout

गण्डकी प्रदेश सभामा बजेट विवाद: असन्तुष्टि र बहिस्कारको शृङ्खला

5.3k Shares

गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर तीव्र विवाद देखिएको छ। प्रदेश सभा बैठकमा बजेट पुस्तिका च्यात्ने, अर्थमन्त्रीलाई नैतिकताको प्रश्न उठाउने र बैठक बहिस्कार गर्ने जस्ता दृश्यहरू देखिएका छन्।

बजेटमा ‘असमान वितरण’ र ‘गडबड’ भएको भन्दै प्रदेश सभा सदस्यहरूले अर्थमन्त्री र अर्थसचिव राजेन्द्रदेव पाण्डेको चर्को आलोचना गरेका छन्। नेपाली कांग्रेसका सांसद डिल्लीराम सुवेदीले बजेट निर्माणमा भएको ‘हडबडमा गडबड’ को प्रश्न उठाउँदै अर्थ मन्त्रालयको योजना प्रविष्ट गर्ने सफ्टवेयर कब्जा गर्न तालिमको व्यंग्यात्मक सुझाव दिए। बागलुङबाट प्रतिनिधित्व गर्ने सुवेदीसहितका सांसदहरूले असन्तुष्टि जनाउँदै एक दिन प्रदेश सभा बैठक बहिस्कार गरे।

यसैबीच, बजेट निर्माणका क्रममा अर्थमन्त्री गुरुङ र अर्थसचिव पाण्डेबीच भनाभन भएको विषय पनि सार्वजनिक भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमाथि बजेट विनियोजनमा पारदर्शिता र समानताको अभाव भएको आरोप लागिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार