ट्रेन्डिङ

Logout

दैलेखमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

5.7k Shares

मङ्गलबार राति दैलेखको भैरवी गाउँपालिका–६ तीजडाँडा नजिकै ना.प्र०२–००१ त ५९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार दुर्घटनामा नारायण नगरपालिका–१ कुइकानाका ईश्वर श्रेष्ठको मृत्यु भएको हो।

ट्याक्टर भैरवी गाउँपालिका–६ तीजडाँडाबाट भैरवी गाउँपालिकातर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका सहचालक भैरवी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टको उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार