ट्रेन्डिङ

Logout

चितवनमा श्रीमान्–श्रीमतीको भिरबाट हामफाल, श्रीमतीको मृत्यु

5.8k Shares

चितवनको राप्ती नगरपालिका–४ मा श्रीमान्–श्रीमतीले भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्। मङ्गलबार ४२ वर्षीया कुमारी प्रजाले खहरे खोलामा हाम फाल्दा घटनास्थलमै ज्यान गुमाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार कुमारीले श्रीमान् लीलाबहादुर प्रजासँगको घरायसी विवादपछि भिरबाट हाम फालेकी थिइन्। त्यस लगत्तै लीलाबहादुरले पनि हाम फालेका थिए। गम्भीर घाइते लीलाबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार