ट्रेन्डिङ

Logout

स्वास्थ्यबीमाका लागि १० अर्ब, बक्यौता रकमको भुक्तानी यसै वर्षभित्र

5.2k Shares

काठमाडौं: सरकारले स्वास्थ्य बीमा कार्यक्रका लागि १० अर्ब रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ लागि बजेट विनियोजन गर्दै सरकारले स्वास्थ्यबीमामा १० अर्ब विनियोजन गरेको हो । बीमा कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि ४० अर्ब आवश्यक रहेपनि सरकारले यस कार्यक्रम अन्तर्गत १० अर्ब विनियोजन गरेको हो ।

सरकारले आम नागरिकलाई निशुल्क सस्तो,सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा दिने घोषणा गरेको छ ।

आधुनिक उपकरणका आधारमा लगानी विस्तार गर्ने, स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गर्ने लगायतका कार्यक्रम सरकारले घोषणा गरेको छ ।  बिमीतहरुको सुविधा थैली विस्तार गर्ने,  सामाजिक  सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य सेवा र   स्वास्थ्य बीमामार्फत एकीकृत सेवा सञ्चालन गर्ने सरकारको योजना छ ।  बिमीतहरुलाई फरक फरक पोलिसी छनौटको सुविधा उपलब्ध गराउने,  बीमा सुविधाको दुरूपयोग हुन नदिने नीति सरकारले लिएको छ ।

जेष्ठ नागरिक, दलित, अल्पसंख्यक, र अपाङ्गता भएकाहरुको बीमा सुविधालाई निरन्तरता दिने सरकारले घोषणा गरेको छ ।  हालसम्म बाँकी रहेको भुक्तानी दाबी तेस्रो पक्षबाट परीक्षण गराइ यसै आर्थिक वर्षमा भुक्तानी हुने व्यवस्था मिलाउने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार