Logout

झापामा आधुनिक रंगशाला निर्माण गर्ने घोषणा, गौतमबुद्ध क्रिकेट रंगशालालाई सशर्त अनुदान

झापामा आधुनिक रंगशाला निर्माण गर्ने घोषणा, गौतमबुद्ध क्रिकेट रंगशालालाई सशर्त अनुदान

काठमाडाैं: सरकारले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण गर्दै खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने बताए ।

झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् । यस्तै काठमाडौंको मुलपानी लगायत मोरङ,कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको छ ।

यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले बताए ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको छ ।

 
ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ