ट्रेन्डिङ

Logout

शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

4.2k Shares

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले दिवा खाजा कार्यक्रममा वृद्धि गरी १० अर्ब २८ करोड विनियोजन गरिएको बताए ।

विद्यालयको छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड र नमुना विद्यालय निर्माण पूरा गर्न २ अर्ब ७२ करोड विनियोजन गरेको बताए ।

‘उच्च शिक्षासम्बन्धी छाता ऐन बनाइने छ ।’ उनले भने ।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार