ट्रेन्डिङ

Logout

दिनेश पालको पीडामा मल्हम बने परदेशी हातहरू, रू १६ हजार नगद सहयोग

15.5k Shares

सुनसरी । हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा पाल टाेलका दिनेश पालको जीवन अहिले निकै कठिन मोडमा उभिएको छ। आर्थिक अभाव, परिवारको जिम्मेवारी र हालै पत्नीको निधनपछि उनी मानसिक तथा आर्थिक रुपमा दोहोरो मारमा परेका छन्। घरमा पाँच छोरी र ११ महिनाका एक छोरा रहेका दिनेश अहिले एक्लैले परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। गाउँमै मिस्त्रीको काम गर्दै जीवन धान्न खोजे पनि साना नानीहरूलाई एक्लै छोडेर बाहिर जान नसक्ने अवस्था रहेको उनले बताए।

यस्तो विषम परिस्थितिमा परेका दिनेश पाललाई सहयोग गर्न यहाँका स्थानीय युवाहरू, जो हाल विदेशमा रहेका छन्, एकैपटक भावनात्मक रुपमा जोडिएर आर्थिक सहयोग गरेका छन्। उनीहरूले रू १६,०००/- (शोर्ह हजार रुपैयाँ) नगद सहयोग गरेका छन्। केही दिनअघि यिनै युवाहरूले खाद्यान्न सामग्री समेत प्रदान गरेका थिए। यसपटक नगद सहयोग पाउँदा दिनेश पाल निकै भावुक हुँदै सहयोगी सबै हातप्रति धन्यवाद व्यक्त गरेका छन्।

सहयोग गर्ने व्यक्तिहरूमा छेदीलाल पाल, राजु पाल, मनोज पाल, भगानन्द पाल, कमलेश पाल, सुनिल पाल, विजय पाल, रोशन पाल, सत्रुघन पाल, विकेश पाल, अनिल पाल, राजेश पाल, प्रकाश पाल, वीरेन्द्र पाल, मुन्ना शर्मा, सन्जित शर्मा, रोहन पाल, पप्पु पाल, गंगाराम पाल, रिकेन पाल, सन्जय पाल, शुभेश पाल, विशाल पाल, मिलन पाल तथा सुभेश पाल रहेका छन्।

स्थानिय युवाहरूको यस्तो मानवीय भावनाले दिनेश पालजस्ता संकटमा परेका व्यक्तिहरूको जीवनमा केही समय भए पनि सहजता ल्याउने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार