ट्रेन्डिङ

Logout

भारत–पाकिस्तान तनावपछि सुनसरी सीमामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

8.5k Shares

सुनसरी । भारत र पाकिस्तानबीच पछिल्लो समयमा बढ्दो तनावको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ। त्यसैको सन्दर्भमा सुनसरी जिल्लाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

भारतसँग करिब ६१.९ किलोमिटर सीमा जोडिएको सुनसरीमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको छ। जिल्लामा रहेका सशस्त्र प्रहरी बलका ११ वटा सीमा चौकी (BOP) मा जनशक्ति थपिएको छ। साथै, भारतीय सीमा सुरक्षा बल (SSB) ले पनि आफ्नो सीमा क्षेत्रमा गस्ती र चेकजाँचमा कडाइ गरेको छ।FB_IMG_1746785213694.jpg

दुवै देशका सुरक्षा निकायले संयुक्त गस्तीलाई तिव्रता दिएका छन्। भारतले नेपाल हुँदै कुनै असामाजिक वा घुसपैठ गतिविधि हुन सक्ने सम्भावना औंल्याएपछि नेपाल सरकारले समेत सीमा क्षेत्रमा निगरानी र सुरक्षा सतर्कता बढाएको हो। यस विषयमा राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन्।FB_IMG_1746785223584.jpg

सीमा सुरक्षामा सशस्त्र प्रहरी बललाई विशेष जिम्मेवारी दिइएको छ। यसैक्रममा सशस्त्र प्रहरीको नम्बर १ बराह बाहिनीका डिआईजी कुमार न्यौपाने स्वयं सुनसरीको सीमा क्षेत्रमा पुगेर निरीक्षण गरेका छन्। उनले मातहतका सुरक्षा निकायलाई उच्च सतर्कताका साथ सुरक्षा बन्दैबस्ती चुस्त बनाउन निर्देशन दिएका छन्।FB_IMG_1746785226045.jpg

सुनसरीमा हाल व्यापक रूपमा चेकजाँच, गस्ती र सुरक्षाकर्मीहरूको उपस्थिति देखिएको छ। स्थानीय बासिन्दालाई पनि सजग रहन आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार