ट्रेन्डिङ

Logout

सत्ता टिकाउन एकीकृत समाजवादीसँग सौदाबाजी सुरु

7k Shares

काठमाडौं: आफ्नै सहयात्री दलहरूको विरोधपछि सरकार बचाउन कांग्रेस नेतृत्व नयाँ 'खेल' मा उत्रिएको छ। भूमिसम्बन्धी अध्यादेशमा जसपा र लोसपाको चर्को विरोधपछि कांग्रेसले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग सौदाबाजी सुरु गरेको हो।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको गोप्य बैठकले एकीकृत समाजवादीसँग 'डिल' गर्ने रणनीति बनाएको स्रोतले जनाएको छ। राष्ट्रिय सभामा तीन सिट अपुग रहेको अवस्थामा एकीकृत समाजवादीको आठ सिट निर्णायक बन्ने देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सत्ता गठबन्धनभित्रैको यो फुट र नयाँ गठजोडले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा ठूलो उथलपुथल ल्याउन सक्छ। अध्यादेश अस्वीकृत भएमा सरकार गम्भीर नैतिक संकटमा पर्ने र यसले आगामी दिनमा ठूलो राजनीतिक भूकम्प ल्याउन सक्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार