Logout

भरुवा बन्दुकसहित दुई पक्राउ

भरुवा बन्दुकसहित दुई पक्राउ

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वराहक्षेत्र नगरपालिका-१ बस्ने वर्ष ४४ को मन बहादुर राई र वर्ष ४२ को राजेन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालाय महेन्द्रनगर र चतराबाट गएको प्रहरीको टोलीले सुमन राईको भान्सा घरभित्रबाट मृगको मासु जस्तो देखिने ५ केजी मासुसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय महेद्र नगरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ