Logout

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ । 

एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो । आजको दोस्रो खेल सोही मैदानमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच अपराह्न १ बजे हुनेछ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ