Logout

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट

प्रभु बैंकका ग्राहकलाई कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट

भरतपुर महानगरपालिकामा रहेको कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । आइतबार प्रभु बैंकका चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र कलेज अफ मेडिकल साइन्सका एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा विशेष छुट पाउने भएका छन् । प्रभु बैँकका ग्राहकले सिओएमएसमा उपचार गर्दा औषधी, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा २० प्रतिशत सम्म छुट पाउने छन् ।

प्रभु बैंक लिमिटेडका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्यकुनै विद्युतीय प्रणालीद्धारा विल भुक्तानी गर्दा छुट पाउने छन् । यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंक लिमिटेडका ग्राहकले परिचयपत्र तथा परिवारको सदस्यका लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

प्रभु बैंकको नेपालभर ३१५ शाखा कार्यालयहरू, २८६ एटीयम साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ