ट्रेन्डिङ

Logout

प्रभु महालक्ष्मी लाइफले बोलायो साधारणसभा, नगद लाभांश प्रस्ताव पारित गर्ने

7.7k Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नगद लाभांशसहितका एजेन्डा पारित गर्न असोज २३ मा वार्षिक साधारणसभा आह्वान गरेको छ।

साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।

यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा पेस गरिने कम्पनीको सूचनामा उल्लेख छ। 

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी विवरण, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा साधारणसभामा राखिएको छ। साधारणसभाका लागि कम्पनीले असोज १६ मा बुक क्लोज गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार