ट्रेन्डिङ

Logout

हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट दिने

6.6k Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

कम्पनीले व्यतित बीमालेखहरु आज भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा २५ प्रतिशत र ७ वर्षदेखि १२ वर्षसम्म व्यतित बीमालेख १० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ भने १२ वर्षमाथि व्यतित भएका बीमालेखमा छुट नदिने जनाएको छ ।

himalayan-notice.jpeg

यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्र लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवानाबापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ।

व्यतित भएको बीमालेखले जोखिम बहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरिवानाको छुटको लाभ लिनुका साथै बीमालेख अनुरुपको जोखिम बहन हुने व्यवस्था गरी ढुक्क रहन कम्पनीले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार