Logout

अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

अभिभावकविहीन बालबालिकालाई कपडा वितरण

अर्घाखाँची, २३ जेठः अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् ।

अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत कपडा तथा झोला वितरण गरेको हो । 

नगर क्षेत्रका १२ वटै वडाका डेढ वर्षदेखि १६ वर्षसम्मका ८२ जना अभिभावकविहीन बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गर्दै कपडा र झोला प्रदान गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बालबालिकालाई नगरप्रमुख श्रेष्ठ र उपप्रमुख आचार्यले कपडा र झोलाका साथ जनही रु पाँच सय पनि प्रदान गर्नुभयो । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ