काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएकामा उहाँप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
प्रस्तावमा ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई २०८१ जेठ १ गते मङ्गलबारका दिन गर्नुभएको सम्बोधनका लागि प्रतिनिधिसभाको यो बैठक राष्ट्रपतिमा धन्यवाद ज्ञापन गर्दछ’ भनिएको छ ।
राष्ट्रपतिको सम्बोधनपछि प्रतिनिधिसभाबाट धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण निरन्तर प्रभावित भएको थियो ।
त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । प्रतिपक्षी दल कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उक्त प्रस्ताव पारित भएको हो ।
राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित
8.4k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
आईजीपी प्रकरण: सरकारमाथि कांग्रेसको धावा, बालुवाटारमा रमिता !
२.
सरकारको निर्णयविरुद्ध फायर खोल्दै कार्की, कानुनी घेराबन्दीमा बालेन सरकार
३.
एकैपटक ७९ इन्जिनियरको सरुवा, कुन आयोजना कसको जिम्मामा?
४.
पार्टीको आदेशमा आईजीपी हटाएको मन्त्रीको दाबी, रास्वपा भन्छ– झुट !
५.
एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर
६.






