Logout

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छः मुख्यमन्त्री खगराज अधिकारी

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छः मुख्यमन्त्री खगराज अधिकारी

पर्वत, २७ चैतः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ । नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभयो ।

फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उहाँको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र आफूले विश्वासको मत पाउनेमा कुनै शङ्का नरहेको पनि उहाँको भनाइ रहेको छ । 

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको पहिलो गण्डकी सरकारले थालेका अधुरा कामलाई आफूले पूर्णता दिने उहाँले बताउनुभयो । ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’ भन्ने मूल नारालाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले अहोरात्र खटेर काम गर्ने उहाँको भनाइ थियो । 

संविधान अनुरुपनै नयाँ सरकार गठन भएकाले यसलाई असंवैधानिक भन्नु गलत भएको भन्दै उहाँले कार्यकर्तालाई निराश नभइ सरकारलाई सक्दो सहयोग र हौसला प्रदान गर्नसमेत आग्रह गर्नुभयो ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ