Live ताजा अपडेट

Logout

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), २२ चैत: लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा  बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १० (सभामुखबाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सदस्य छन्  । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ