बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ ।
भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई बताउनुभयो । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो ।
अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५ ।६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।
भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा भौतिक प्रगति नभएकाले पुनः २०८१ असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताउनुभयो । बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या हुने गरेकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
9k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
आईजीपी प्रकरण: सरकारमाथि कांग्रेसको धावा, बालुवाटारमा रमिता !
२.
सरकारको निर्णयविरुद्ध फायर खोल्दै कार्की, कानुनी घेराबन्दीमा बालेन सरकार
३.
एकैपटक ७९ इन्जिनियरको सरुवा, कुन आयोजना कसको जिम्मामा?
४.
पार्टीको आदेशमा आईजीपी हटाएको मन्त्रीको दाबी, रास्वपा भन्छ– झुट !
५.
एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर
६.




