2.7k
Shares
मोरङ । मिति २०८२/०९/२४ गते दिउँसोको समयमा प्राप्त विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी मटेरुवा र सशस्त्र सीमा बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा एक युवकलाई लागू औषधसहित पक्राउ गरेको छ।
संयुक्त चेकजाँचका क्रममा पैदल यात्रु भारतको सुपौल जिल्ला बेलागञ्ज घर भएका बिहारी सहनीका छोरा हरीचण्ड सहनी शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गर्न खोज्दा उनी उम्किन प्रयास गरेका थिए। केही दूरीसम्म लखेटी प्रहरीले हरीचण्ड सहनीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएपछि गरिएको खानतलासीका क्रममा उनको साथबाट लागू औषध ५.० ग्राम खैरे हिरोइन (ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।