3.6k
Shares
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टी परित्याग गरेका छन्।
पार्टी छाडेपछि आज बिहान **नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले हात्तीवनस्थित आफ्नो निवासमा परियारलाई आधिकारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।
यसअघि मंसिर ५ गते बुटवलमा आयोजित कार्यक्रममा परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै हर्क साम्पाङले उनलाई उपाध्यक्षको पदबाट निलम्बन गरेका थिए।