ट्रेन्डिङ

Logout

रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन आह्वान, शुल्क ५० हजार

4k Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ।

पार्टी प्रवक्ता मनिष झालेका अनुसार समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यले आवेदन शुल्क ५० हजार रुपैयाँ तोकिएको जानकारी दिएका छन्।

योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ।

पार्टीले उम्मेदवार छनोट प्रक्रिया र आवेदन सम्बन्धी विस्तृत जानकारीका लागि आफ्नो वेबसाइटमा हेर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार