ट्रेन्डिङ

Logout

मिराज ढुंगानाको आरोप: प्रधानमन्त्री कार्कीले जेनजीको माग बेवास्ता गरिन्

2.6k Shares

जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजी पुस्ताले उठाएको मुख्य आवाज सुन्न इच्छुक नरहेको आरोप लगाएका छन्।

बुधबार बालुवाटार नजिक आयोजित विरोध प्रदर्शनका क्रममा उनले जेनजीहरू देशमा स्थिरता, सुशासन र जिम्मेवार नेतृत्वको माग लिएर सडकमा आएको बताउँदै प्रधानमन्त्रीले यी मागहरूलाई बेवास्ता गरेको टिप्पणी गरे।

ढुंगानाले भने, “हामीले देश स्थिर होस्, सुशासन स्थापित होस् भन्ने माग मात्र गरेका छौँ।

तर प्रधानमन्त्री सुशिला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहनु भएन। उहाँलाई चुनाव नै अनिवार्यजस्तो छ, तर हाम्रो माग अनुसार संविधान संशोधन नभएसम्म अर्थपूर्ण चुनाव सम्भव हुँदैन। त्यसो नभए फेरि आन्दोलन दोहोरिन बाध्य हुनु पर्नेछ।”

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको पीडालाई प्रधानमन्त्रीले समग्र रूपमा बुझेर तत्काल कदम चाल्नुपर्ने पनि जोड दिए।

ढुंगाना भन्छन्, “यदि प्रधानमन्त्रीज्यूले हाम्रो माग सम्बोधन गर्न, संविधान संशोधन गर्न सक्नु हुँदैन भने राजीनामा दिनुस्। तपाईँले बाटो खाली गर्नुभयो भने हामी हाम्रो बाटो आफैँ बनाउँछौँ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार