ट्रेन्डिङ

Logout

धादिङमा बस–स्कुटर ठक्कर ४१ वर्षीय निता गजुरेलको मृत्यु

3k Shares

धादिङको धुनिवेशी नगरपालिका–९ मा बुधबार दिउँसो एउटा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

बा.प्र.०१–००६ ख २२९७ नम्बरको बस र बा.प्र.०२–०४५ प ४४३१ नम्बरको स्कुटर बीच भएको दुर्घटनामा स्कुटर चालक थाक्रे गाउँपालिका–८ की ४१ वर्षीया निता गजुरेल गम्भीर घाइते भएकी थिइन्।

घाइते गजुरेललाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। तर गम्भीर चोटका कारण उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार