ट्रेन्डिङ

Logout

मुख्यमन्त्री यादवद्वारा जलेश्वर प्रादेशिक अस्पताल अनुगमन

3.1k Shares

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

अनुगमनको क्रममा मुख्यमन्त्री यादवले अस्पतालको इमरजेन्सी सेवा, भर्ना भएका बिरामीहरू र अन्य विभागहरूको व्यवस्थापनको अवस्था अवलोकन गर्नुभएको थियो। उहाँलाई प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झा र अस्पतालका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहले जनशक्ति अभावसहित अस्पतालको वर्तमान अवस्था बारे जानकारी दिनुभएको थियो।

संचारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री यादवले अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण बिरामीहरू रेफर भइरहेकाे उल्लेख गर्दै, “कुन-कुन चिकित्सक तथा जनशक्तिको अभाव छ, त्यसको जानकारी र मागसहितको पत्र आजै मन्त्रालयमा पठाउनुस्, हामीले आवश्यक चिकित्सक उपलब्ध गराउँछौं,” निर्देशन दिनुभयो।

उहाँले अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनेकोले अस्पताललाई दीर्घकालीन समस्या समाधानका लागि काम गर्न कठिनाइ रहेको जनाउँदै, “दैनिक रूपमा उपचारमा समस्या भए मलाई जानकारी आयो भने म तुरुन्त एक्सन लिन्छु,” पनि बताउनुभयो।

जनकपुरमा आयोजित वार्षिक समीक्षा गोष्ठीमा यो अस्पताल दोस्रो स्थानमा आएको जानकारी दिँदै मुख्यमन्त्री यादवले देखिएका समस्याहरू समाधान गर्न पहल गर्ने आश्वासन पनि दिनुभएको थियो। अनुगमनको क्रममा उहाँले उपचाररत बिरामीहरूसँग अस्पताल सेवाबारे जानकारी लिँदै अस्पताल व्यवस्थापनमा सुधारको आवश्यकतालाई जोड दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार