ट्रेन्डिङ

Logout

दुर्गा प्रसाईंको गैरकानुनी थुनामा राखिए विरुद्ध रिटमा आज सर्वोच्चमा सुनुवाइ

4.1k Shares

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मंसिर ४) सुनुवाइ हुँदैछ।

सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा तय भएको छ।

प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्दै बुवालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेका थिए।

रिटमा विपक्षीको रूपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समावेश छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाट मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई पक्राउ गरेको थियो। उनि शान्तिविरुद्धको कसुरमा पक्राउ परेका हुन् र थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरिएको छ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाएका थिए र आफ्नो फेसबुकमा भिडियो समेत सार्वजनिक गरेका थिए। उनी मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्न तयार थिए।

 

सम्बन्धित समाचार

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार