Logout

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको र सुरू हुनै लागेको जानकारी दिए । यसअघि शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

पार्टीमा महाधिवेशनको तिथि-मितिबारे सहमति जटाउन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ