ट्रेन्डिङ

Logout

एकडारा र सम्सीका बाढीपीडितका आँसु पुछ्दै राहत सहयोग निरन्तर

5.4k Shares

पछिल्लो बाढीबाट प्रभावित एकडारा र सम्सी क्षेत्रका बासिन्दालाई राहत वितरण कार्य सम्पन्न गरिएको छ। निरन्तर वर्षा र बाढीका कारण घर–परिवार विस्थापित भएका स्थानीयलाई विभिन्न संस्थाहरू, समाजसेवीहरू र स्थानीय निकायले राहत सामाग्री हस्तान्तरण गरेका छन्।

बाढीले घर, बारी र पशुधनमा ठूलो क्षति पु-याएपछि राहत वितरणमार्फत पीडित परिवारहरूलाई तत्कालिक सहारा प्रदान गरिएको हो। राहतमा चामल, दाल, नुन, खाने तेल, लत्ताकपडा, सरसफाइ सामग्री, टारपोलिन र पेयजलका बोतलहरू समावेश गरिएको थियो।

स्थानीय प्रशासनका अनुसार राहत वितरणका क्रममा सबै प्रभावित बस्तीको अवस्थाको अध्ययन गर्दै प्राथमिक आवश्यकता अनुसार सहयोग पुर्‍याइएको छ। गाउँपालिका प्रमुखले भने, “हामीले तत्काल पीडितका लागि आपतकालीन राहत व्यवस्था गरेका छौं, दीर्घकालीन पुनःस्थापनाका लागि पनि योजना तयार हुँदैछ।”

यसैबीच, विभिन्न स्वयंसेवी संस्था र युवाहरूले पनि आफ्नै पहलमा बाढीग्रस्त परिवारहरूका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरिरहेका छन्। स्थानीय विद्यालयहरू, आमा समूह र व्यवसायी समुदायले समेत राहत अभियानमा सक्रिय सहभागिता जनाएका छन्।

राहत वितरणपछि प्रभावितहरूका अनुहारमा केही राहतको मुस्कान देखिएको छ तर उनीहरूले दीर्घकालीन पुनर्निर्माण र बसोबासको व्यवस्थाका लागि सरकार र सम्बन्धित निकायको थप ध्यानाकर्षण गराएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार