ट्रेन्डिङ

Logout

मुख्यमन्त्री सोनलको पहिलो निर्णय : ‘हेलो सिएम’ कार्यक्रम पुनः सञ्चालन हुने

4.1k Shares

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पदभार ग्रहण गरेसँगै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन् । उनले प्रदेश सरकार र जनताबीचको प्रत्यक्ष संवाद सहज बनाउन ‘हेलो सिएम’ कार्यक्रम पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सोनलले बुधबार पदभार ग्रहण गर्दै भने, “अब नागरिकले आफ्ना गुनासा, समस्या र सुझाव सीधै मुख्यमन्त्री कार्यालयसम्म पुर्‍याउन सक्नेछन् । हामी जनताको सरकारका रूपमा काम गर्नेछौँ ।”

‘हेलो सिएम’ कार्यक्रम अन्तर्गत प्रदेशका नागरिकले टेलिफोन, इमेल र सामाजिक सञ्जालमार्फत आफ्ना गुनासा पठाउन सक्नेछन् । त्यसपछि सम्बन्धित निकायमार्फत तत्काल कार्यवाहीका लागि निर्देशन दिइने जनाइएको छ ।

 

मुख्यमन्त्री सोनलले प्रदेश सरकारलाई “सेवा र जवाफदेहिता केन्द्रित” बनाउन पहिलो प्राथमिकतामा राख्ने बताए । उनले थपे, “जनताको समस्या सुन्ने, बुझ्ने र समाधान गर्ने जिम्मेवारी हाम्रो हो । यसैबाट सुशासनको सुरुवात हुन्छ ।”

 

प्रदेश सरकारका अनुसार आगामी दिनमा ‘हेलो सिएम’ कार्यक्रमलाई डिजिटल प्लेटफर्ममार्फत पनि विस्तार गर्ने तयारी भइरहेको छ । यसले नागरिकलाई प्रदेश सरकारसमक्ष सजिलै पहुँच दिलाउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार