5.3k
Shares
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं बैठकमा सहभागी हुने भएका छन्।
कात्तिक १० देखि १३ गतेसम्म आयोजना हुने सो बैठकमा सहभागी हुनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार, “कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई सहभागी गराउने निर्णय भएको छ।”