ट्रेन्डिङ

Logout

तुइनखोलामा निरन्तर पहिरो, नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ

3.7k Shares

 चितवनको तुइनखोलामा लगातार पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्डमा आवागमन अवरुद्ध भएको छ। लगातार वर्षासँगै पहिरो खसिरहँदा सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शुक्रबार रातिदेखि खसेको पहिरो हटाउने कार्य भइरहेको भए पनि माथिबाट निरन्तर ढुंगा–माटो खसिरहेकाले सडक सुचारु गर्न ढिलाइ भएको हो। प्रहरी र सडक विभागका टोलीहरूले मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेका छन्।

सडक अवरुद्ध भएपछि काठमाडौं–पोखरा–चितवन मार्ग भएर यात्रा गर्ने सवारी साधनहरू बाटैमा रोकिएका छन्। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

स्थानीय प्रशासनले जोखिमलाई मध्यनजर गर्दै पहिरो पूर्णरूपमा हटेसम्म सडक खोल्न सकिने अवस्था नरहेको जनाएको छ। वर्षा रोकिएपछि मात्र सडक नियमित सञ्चालनमा ल्याउन सकिने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार