ट्रेन्डिङ

Logout

मृतक परिवार र घाइतेको सहायता सम्बन्धी सरकारले निर्णय गर्यो

5.3k Shares

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई काठमाडौंमा बस्दा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिइन्।

साथै, मृतकको शव आफ्नै स्थानीय क्षेत्रमा पुर्‍याउन चाहने परिवारका लागि सवारी साधनको व्यवस्था पनि गरिने बताइएको छ।

प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरू अपांगको परिभाषाभित्र परेमा त्यसको उपचार र सुविधा पनि सरकारले सुनिश्चित गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रसँगको सहकार्यमार्फत थप सहयोग गर्न सकिने प्रयास भइरहेको समेत जानकारी दिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार