ट्रेन्डिङ

Logout

काठमाडौंमा लुटपाटमा संलग्न २७ पक्राउ, रु. ३३ लाख बरामद, ३१ नाल हतियार कब्जामा

4.1k Shares

काठमाडौं, भदौ २५ – नेपाली सेनालगायत सुरक्षा निकायहरूको परिचालनपछि पछिल्लो १२ घण्टामा विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ। सेनाको विवरणअनुसार, भदौ २४ राति १० बजे देखि भदौ २५ बिहान १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधन नष्ट गर्ने उद्देश्यले संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।

यस अवधिमा ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरिएको छ। काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।

सुरक्षा निकायले काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ गरी ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठा पनि बरामद गरेको छ। यस क्रममा २३ प्रहरी र ३ गैर सैनिक नागरिक घाइते भएका छन् र उनीहरूको उपचार सैनिक अस्पतालमा भइरहेको छ।

नेपाली सेनाले विद्यमान अवस्था नियन्त्रणमा राख्न सबै सुरक्षा संयन्त्र सक्रिय रहेको र नागरिकलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ।note_1.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार