4.7k
Shares
सामाजिक सञ्जाल बन्दविरुद्ध भइरहेको जेनजी युवाहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु पुष्टि भएको हो ।
ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
तर, घाइतेहरूको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।