ट्रेन्डिङ

Logout

कपिलवस्तुमा वन क्षेत्रमा अज्ञात मानव कङ्काल फेला

4.4k Shares

कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिवार मानव कङ्काल फेला परेको छ। बाणगंगा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा कङ्काल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराको टोली प्रहरी निरीक्षक लोकेन्द्र जिसीको नेतृत्वमा घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार फेला परेको कङ्काल पुरुष वा महिला भन्ने छुट्याउन नसकिने अवस्थामा छ। प्रारम्भिक अनुसन्धानपछि कङ्काललाई पिपरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार