सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेसँगै नेपालमा कुन–कुन प्लेटफर्म चल्ने भन्नेबारे व्यापक चासो बढेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन्। यी प्लेटफर्महरू निरन्तर सञ्चालन हुनेछन्। साथै, टेलिग्राम र ग्लोबल लिंक सूचीकरण प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
तर, बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको आदेश पालना गरिएको जनाउँदै मन्त्रालयले बन्द प्रक्रिया क्रमशः लागू हुने जानकारी दिएको छ।
सूचीकरण नगरेका सञ्जाल सूचीकृत भएमा पुनः सञ्चालनमा आउने सरकारको भनाइ छ।
टिकटक
भाइबर
निम्बज
वीटक
ओपोलाइभ
फेसबुक
म्यासेन्जर
इन्स्टाग्राम
युट्युब
ह्वाट्सएप
ट्वीटर (X)
लिंक्डइन
स्न्यापच्याट
रेडिट
डिस्कर्ड
पिन्ट्रेस्ट
सिग्नल
थ्रेड्स
वीच्याट
क्वोरा
टम्ब्लर
क्लब हाउस
मास्टोडन
रम्बल
मीवी
VK
लाइन
इमो
जालो
सोल
हाम्रो पात्रो
मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेला पारेका अन्य सूचीकरण नभएका सञ्जाल पनि बन्द गरिनेछन्। “यस्ता अन्य प्लेटफर्म फेला पर्नासाथ यही प्रक्रिया लागू हुन्छ,” मन्त्रालय स्रोतले जनाएको छ।