5.1k
Shares
गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङको टारीफाँटमा भएको बस दुर्घटनामा २६ जना घाइते भएका छन्।
काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश–०१००६ ख ४१३९ नम्बरको रात्रीकालीन बस मंगलबार बिहान करिब ७ बजे घुम्ति सडकमा दुर्घटना हुँदा उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ। बाँकी २४ जनाको उपचार आरुघाट आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूको विस्तृत विवरण संकलन भइरहेको पनि प्रहरीले जनाएको छ।