ट्रेन्डिङ

Logout

गुल्मीमा छल्दी खोलाले बगाउँदा पुरुषको मृत्यु

5k Shares

गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको ज्यान गएको छ।

जिल्लाको इस्मा गाउँपालिका–१ राहले निवासी ५३ वर्षीय मानबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।

बुधबार रातिदेखि परिवारसँग सम्पर्कविहीन रहेका कुमाल शुक्रबार बिहान इस्मा–२ छल्दी खोला किनारमा मृत अवस्थामा फेला परेका हुन्। स्थानीय माछा मार्नेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट खटिएको टोलीले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि तम्घास पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार