ट्रेन्डिङ

Logout

महादेवा गाउँपालिकामा युवक मृत फेला

4.1k Shares

सप्तरीको महादेवा गाउँपालिका–२, महादेवा टोल निवासी २२ वर्षीय लालु मण्डल आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

बुधबार बिहान करिब ६ बजे स्थानीय बासिन्दाले मण्डललाई एकतले कच्ची घरको कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डिएको देखेपछि प्रहरी चौकी महादेवामा खबर गरेका थिए। खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखिएको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा फरेन्सिक टोलीसहितको मुचुल्का टोली खटाइएको छ। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो।

उनका अनुसार मृतकको मृत्युका कारण हालसम्म नखुलेकाले आवश्यक अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार