ट्रेन्डिङ

Logout

मनोहरा खोला किनारमा सुकुम्बासी र नगर प्रहरीबीच झडप

5.8k Shares

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरा खोला किनारको सुकुम्बासी बस्ती भत्काएपछि स्थानीय आक्रोशित भई विरोधमा उत्रिए। विरोधको क्रममा सुकुम्बासी र नगर प्रहरीबीच झडप भएको हो।

स्थानीयले नगर प्रहरीमाथि इँटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै भीडलाई तितरबितर पारेको थियो। आज बिहान नेपाल प्रहरीसहित डोजर लिएर पुगेको नगर प्रहरीले टहराहरू भत्काएको थियो, जसका कारण वर्षायाममै सुकुम्बासीहरू बिचल्लीमा परेका छन्।

यस कारबाहीमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली संलग्न थियो।manohara-Jhadap-10.jpgmanohara-Jhadap-8-1024x683.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार