ट्रेन्डिङ

Logout

प्यालेस्टिनलाई देश नबनाइएसम्म हतियार नछोड्ने हमासको अडान

5k Shares

इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला हमासले पुनः हतियार बिसाउन अस्वीकार गरेको छ। उसले प्यालेस्टाइन सम्प्रभू राष्ट्र नबनेसम्म हतियार त्याग्न नसकिने स्पष्ट जवाफ दिएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत युद्धविराम प्रस्तावमा इजरायलले हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राखेको थियो। तर हमासले उक्त सर्त अस्वीकार गर्दै आफ्नो संघर्ष जारी राख्ने अडान दोहोर्याएको छ।

इजरायल र हमास दुवैले आ-आफ्नो अडानमा कायम रहेकाले पछिल्लो समय भइरहेको वार्ता पनि स्थगित भएको छ। यसबीच केही दिनअघि अरब मुलुकहरूले हमासलाई गाजाको नियन्त्रण छाड्न र हतियार बिसाउन आग्रह गरेका थिए। यसअघि फ्रान्स, क्यानडा, बेलायतलगायतका पश्चिमी मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन सक्ने योजना बनाएको समाचार बाहिरिएको थियो। बेलायतले त इजरायलले आगामी सेप्टेम्बरसम्म कुनै सर्त नमान्ने हो भने प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने चेतावनी समेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार