ट्रेन्डिङ

Logout

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरु

4.4k Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक काठमाडौंको बूढानीलकण्ठस्थित सभापति निवासमा सुरु भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठक शुक्रबार बिहान ९ बजेका लागि तय गरिएको थियो र केही समयअघि सुरु भएको हो।

बैठकमा पार्टीका पदाधिकारीहरू सहित पूर्व पदाधिकारीहरूको पनि सहभागिता रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार