ट्रेन्डिङ

Logout

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्तासँग अख्तियारको सोधपुछ सुरू

4.8k Shares

घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका निवर्तमान मन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ थालेको छ।

आयोगले घुस अडियो प्रकरणमा गुप्तालाई आयोगमा उपस्थित हुन बोलाएर सोधपुछ सुरु गरेको हो। अनुसन्धान टोलीले उनलाई सोधपुछ गर्नुका साथै आवाजको नमुना लिने तयारी पनि गरेको छ।

अख्तियार स्रोतका अनुसार, “उहाँसँग सोधपुछ हुँदैछ, रेकर्ड भएको आवाजको परीक्षणका लागि उहाँको आवाज नमुना पनि संकलन गरिनेछ।”

गत साता कास्की मालपोत कार्यालयको सरुवासम्बन्धी विषयमा मन्त्री गुप्ताको एक व्यक्तिसँग भएको संवाद अडियोमार्फत सार्वजनिक भएको थियो। त्यसपछि चौतर्फी दबाबपछि गुप्ताले राजीनामा दिएका थिए।

आयोगले अडियोको वास्तविकता पुष्टि गर्न गुप्ताको रेकर्ड गरिएको आवाजसँग अघिको सार्वजनिक अडियो मिलान गरिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार