ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आज ३ बजे च्यासलमा भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

5.5k Shares

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज दिउँसो ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा भेटवार्ता हुने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो भेट समसामयिक राजनीतिक अवस्थापार्टीको आन्तरिक विषयहरूबारे गम्भीर छलफल गर्न तय गरिएको हो।

यसअघि शनिबार बसेको एमाले पोलिटब्युरो बैठकले पार्टी विधान मस्यौदामा ७० वर्षको उमेर सीमा र दुई कार्यकालको सिमाङ्कन हटाउने निर्णय गरेको थियो। यो निर्णयले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको बहसलाई तातो बनाएको छ।

भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयले पनि एमालेभित्र चासो बढाएको छ। यो विषय आगामी केन्द्रीय कार्य समिति बैठकमा छलफल गरी निर्णय हुने बताइएको छ।

पूर्वराष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव राजकुमार राईले यो भेटले पार्टी र समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण सन्देश दिने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली र भण्डारीबीचको भेटलाई एमालेको आगामी रणनीति र भण्डारीको राजनीतिक भूमिकाको पुनर्परिभाषाका दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार