ट्रेन्डिङ

Logout

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, प्रधानमन्त्री ओलीको सन्देश — "जय श्रमिक, जय नेपाल!"

4.9k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मानबिना समृद्धि सम्भव नहुने भन्दै श्रमको मूल्य र योगदानको कदर गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुने निर्णयमा खुशी व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत सन्देश दिनुभएको हो।

सरकारले श्रमिकको मासिक न्यूनतम पारिश्रमिक रु १७,३०० बाट बढाएर रु १९,५५० पुर्‍याउने निर्णय गरेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल!”

उहाँले यसअघि सरकारद्वारा लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत करिब २१ लाख श्रमिक आबद्ध भइसकेको जानकारी पनि दिनुभयो। श्रमिकको भविष्य सुरक्षाका लागि सरकारले उठाएका कदमहरूलाई अगाडि बढाइने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार